काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि अन्तिम सझौता भएको छ ।
दुवै बैंकको आज बसेको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।
यस सँगै अब दुवै बैंकले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराउने बाटो खुलेको छ । २ बैंकबीच गत जेठ २७ गते मर्जर सम्झौता भएको थियो। राष्ट्र बैंकले असार २२ गते २ बैंकलाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको थियो । दुवै बैंकले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराएपछि राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने छ ।
FACEBOOK COMMENTS