काठमाडौं । इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा बैंककाे नाफा १४ .८३ प्रतिशतले बढेको छ ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी ५ अर्ब ५९ करोड रुपैयाँ ३० लाख रहेकोमा गत आर्थिक वर्षमा बढेर ५ अर्ब ९४ करोड ९० लाख रुपैयाँ रहेको छ ।
यस्तै ,सञ्चालन मुनाफा ५ अर्ब ११ करोड ९५ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७२करोड ७६ लाख रुपैयाँ रहेको छ । १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा रुपैयाँ १४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ रहेको छ । १ खर्ब ८४ अर्ब ६९करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १खर्ब खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।बैंकको खराब कर्जा २. ४६ प्रतिशतबाट घटेर १.४७ पुगेको छ ।
प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैंसा रहेको बैंकको नेटवर्थ प्रतिशेयर १८७ रुपैयाँ २१ पैंसा रहेको छ ।
FACEBOOK COMMENTS