काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले पुस ७ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाका लागि बुधबार (मंसिर २१ गते) बुक क्लोज गर्दैछ । आजसम्म कायम रहेका सेयरधनीले ११ प्रतिशत लाभांश पाउनेछन् ।
बैंकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा मेगा बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS