काठमाडौँ । नागरिक लगानी कोषले आईएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।
प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन्।
उक्त इन्सोरेन्सको १ सय रुपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ।
FACEBOOK COMMENTS