काठमाडाैँ । काठमाडौँको न्युरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सीता भट्टराईले आईफोन १६ जितेकी छिन्। ज्वेलरीले दसैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजनामा एक जनाले आईफोन १६ जित्ने अफर ल्याएको थियो।
अभियानको अवधिमा ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गरेकी भट्टराईले आईफोन १६ जित्न सफल भएकी हुन् । ज्वेलरीले अभियान सकिएपछि भट्टराईलाई आईफोन १६ प्रदान गरिसकेको छ। २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिएको ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए।
दसैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजनाअन्तर्गत ज्वेलरीले टुर प्याकेजको अफर पनि राखेको थियो । जसमा २ महिनामा २ दम्पतीले सो अफर पाएको ज्वेलरीले जनाएको छ। अफरअन्तर्गत नै २ दम्पतीले पाँचतारे होटेलमा ‘वान नाइट स्टे’ पनि जितेका छन् । यसबाहेक गहना खरिद गर्नेहरूमध्येबाट लक्की ड्र गरी विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको ज्वेलरीले जनाएको छ ।
काठमाडौँको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रूपमा चिनिन्छ ।
ह्वाइट फेदर्सले डिसेम्बर १२ तारिखको अवसर पारेर १२:१२ नामको विविध अफर पनि सञ्चालन गर्ने तयारी गरेको छ। साथै क्रिसमसमा विभिन्न नयाँ योजनाको सुरूवात गर्ने जनाएको छ।
FACEBOOK COMMENTS