काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मिनी अक्सनमा अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रिन आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् ।
मंगलबार अबुधाबीमा भएको मिनी-लिलामीमा उनलाई कोलकाता नाइट राइडर्सले २५.२० करोड भारुमा किनेको हो ।
ग्रिनले आफ्ना देशबासी मिचेल स्टार्कको रेकर्ड तोडेका थिए, जसलाई २०२४ मा कोलकोताले २४.७५ करोडमा किनेको थियो । आइपिएल इतिहासमा सबैभन्दा महंगा खेलाडी ऋषभ पन्त हुन् । उनलाई गत बर्षको अक्सनमा लखनउले २७ करोड भारुमा किनेको थियो ।
आबुधाबीमा जारी अक्सनमा भारतीय दुई अनक्याप्ड खेलाडीलाई चेन्नई सुपर किंग्सले महँगो रकम खर्च गरेर किनेको छ । चेन्नईले २० वर्षीय प्रशान्त वीर र १९ वर्षीय कार्तिक शर्मालाई १४.२० करोड भारुमा किनेको छ ।
दुवैको न्युनतम मुल्य ३० करोड रहेकोमा चेन्नईले अक्सनको प्रतिष्पर्धामा दुवैलाई १४.२-१४.२ करोडमा किनेको हो । प्रशान्त उत्तर प्रदेशका हुन् भने कार्तिक राजस्थानका हुन् ।

यसबाहेक, जम्मू कश्मीरका आकिब नबी दारलाई दिल्ली क्यापिटल्सले ८.४० करोड भारुमा किनेको छ ।


FACEBOOK COMMENTS