काठमाडौँ । आज आइपीएलमा एक खेल हुदैछ । आज प्लेअफमा पुगेका दुई टिम मुम्बई इण्डियन्स र पञ्जाव किंग्सबीच भिडन्त हुदैछ ।
जयपुरमा हुने यो खेल नेपाली समय अनुसार ७ बजेर ४५ गएदेखि शुरु हुनेछ ।
मुम्बई र पञ्जाव दुवैको लिग चरणको यो अन्तिम खेल हो । दुवैका लागि प्लेअफको शिर्ष दुई स्थानमा रहन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यो खेल जित्ने टिम अंक तालिकामा शिर्ष स्थानमा पुग्ने छ ।
हाल पञ्जावको १३ खेलमा १७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बईको १३ खेलमा १६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।
यस सिजनमा मुम्बई र पञ्जावको यो पहिलो खेल हो ।
FACEBOOK COMMENTS