काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणका खेलहरू सकिएका छन् । अब आजदेखि नै प्लेअफका खेल सुरू हुने छन् ।
लिग चरण सकिँदासम्म २०२५ को लिग चरणमा चौका र छक्काको सङ्ख्यामा थोरै वृद्धि भएको पाइएको छ । यसपटक २०२४ को तुलनामा बढी चौका छक्का प्रहार भएका छन् । २०२४ मा १२०८ छक्का प्रहार भएकोमा यस पटक १२१७ छक्का प्रहार गरिएको छ । त्यस्तै २०२४ मा २०७० चौका प्रहार गरिएको थियो भने यस पटक २१३८ चौका प्रहार गरिएको छ ।
सनराइजर्स हैदराबादले गत वर्ष १६० छक्का प्रहार गरेर सबैभन्दा धेरै छक्का प्रहार गरेको थियो भने यस पटक लखनऊ सुपर जाइन्टले १५२ छक्का प्रहार गरेको छ । त्यस्तै, राजस्थानले १४६ छक्का प्रहार गरेर शीर्ष २ मा रहेको छ । दुवै प्लेअफको दौडबाट भने बाहिरिएका छन् ।
खेलाडीहरूम लखनऊका निकोलस पूरनले सबैभन्दा बढी ४० छक्का प्रहार गरेका छन् । त्यस्तै, लखनऊकै मिचेल मार्शले ३७ र मुम्बई इण्डियन्सका सूर्यकुमार यादवले ३२ छक्का प्रहार गरेका छन् । त्यस्तै, पञ्जाबका कप्तान श्रेयस अय्यारले ३१ छक्का प्रहार गरेका छन् ।
त्यस्तै, यस आईपीएलमा कुल ९ वटा शतक प्रहार भएका छन् । जसमा सबैभन्दा बढी सनराइजर्सका अभिषेक शर्माले पञ्जाबविरुद्ध १४१ रन बनाएका थिए । शतक प्रहार गर्ने अन्य खेलाडीमा वैभव सूर्यवंशी (राजस्थान) , इशान किशन (सनराइजर्स), हेनरिक क्लासेन (सनराइजर्स), मिचेल मार्श (लखनऊ), ऋषव पन्त (लखनउ), केएल राहुल (दिल्ली), प्रियांश आर्या (पञ्जाब) र साइ सुदर्शन (गुजरात) रहेका छन् ।
FACEBOOK COMMENTS