काठमाडौं । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले राजस्थानलाई ४ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १५६ रनको लक्ष्य पछाएको कोलकोताले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताको जितमा रिंकु सिंहले ५३ रन बनाएका थिए भने अनुकुल रोयले २९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले २७ र रोभमन पावेल २३ रन बनाएका थिए ।
त्यस्तै यसअघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले ४६ र यशस्वी जैसवालले ३९ रन बनाएका थिए ।
यो जितपछि कोलकोताको ७ खेलमा ३ अंक भएको छ भने राजस्थानको ६ खेलमा ८ अंक रहेको छ ।