काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु जारी आईपीएलको फाइनलमा पुगेको छ ।
बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स फाइनलमा पुगेको हो ।
पञ्जावले दिएको १०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १० ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
रोयल च्यालेन्जर्सका लागि फिल साल्टले सर्वाधिक अविजित ५६ रन बनाए भने मयंक अग्रवालले १९, कप्तान रजत पाटीदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि रोयल च्यालेन्जर्स बैंगलुरु २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
त्यस्तै यस खेलमा हार बेहोरेको पञ्जावले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पञ्जावले इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीचको विजेतासँग खेल्ने छ ।
FACEBOOK COMMENTS