काठमाडौं । जारी आईपीएलअन्तर्गत आज इलिमिनेटरको खेल हुँदै छ ।
इलिमिनेटरमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच खेल हुँदै छ । पञ्जाबको मुहालीमा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरू हुँदै छ ।
गुजरात र मुम्बई अङ्क तालिकामा तेस्रो र चौथो भएपछि इलिमिनेटर खेल्न लागेका हुन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्ने छ भने हार्ने टिमको आईपीएल यात्रा टुङ्गिने छ ।
यस आईपीएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो ।
जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरु पञ्जाबलाई हराउँदै फाइनलमा पुगेको छ ।
FACEBOOK COMMENTS