काठमाडौं । पञ्जाब किङ्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बनेको छ ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा मङ्गलबार राति सम्पन्न फाइनल खेलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसीबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो ।
१९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।
त्यसअघि पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो ।
FACEBOOK COMMENTS