काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन अगाडी खेलाडी रिटेन र रिलिज गर्ने आज अन्तिम दिन ठुला खेलाडीको ट्रेड भएको छ ।
राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले खेलाडी ट्रेड गरेका छन् । केहि दिनदेखि चर्चामा रहेको यस ट्रेड अन्तर्गत अलराउन्डर रवीन्द्र जडेजा र साम करनको सट्टा सञ्जु सामसनलाई चेन्नईले ट्रेड गरेको छ । आइपिएलले दिएको जानकारी अनुसार अब जडेजा र कुरान राजस्थानका लागि खेल्ने छन् ।
यो आइपीएल इतिहासको सबैभन्दा उच्च–प्रोफाइल खेलाडी ट्रेड मध्ये एक हो । २०२१ देखि अघिल्लो सिजनसम्म राजस्थानले सामसनलाई आइपिएल २०२५ अघि १८ करोड भारुमा रिटेन गरेको थियो । चेन्नईले पनि जडेजालाई उही रकममा रिटेन गरेको थियो, त्यस्तै कुरानलाई चेन्नईले अक्सनमा २.४ करोड भारुमा किनेको थियो । अब ट्रेड भएपछि सामसन १८ करोडमै चेन्नई पुगेका छन् भने जडेजाले राजस्थानमा १४ करोड प्राप्त गर्ने छन् । त्यस्तै कुरानको शुल्क २.४ करोड नै रहेको छ ।
त्यस्तै मोहमद शामीले सनराइजर्स हैदरावाद छोडेका छन् । शामीलाई लखनउले ट्रेड गरेको छ । लखनउले शामीलाई प्रति सिजन १० करोड दिने भएको छ । त्यस्तै अर्जुन तेन्दुलकरले पनि मुम्बई इण्डियन्स छोडेका छन् । अर्जुनले मुम्बई छोडेर लखनउ गएका छन् । लखनउले अर्जुनलाई प्रति सिजन ३० लाख दिने छन् । त्यस्तै स्पिनर मयंक मार्कन्डे आफ्नो पुरानै फ्रेन्चाइजी मुम्बई इण्डियन्समा फर्किएका छन् । मयंक कोलकोताबाट प्रति सिजन ३० लाखमा मुम्बई गएका हुन् । त्यस्तै राजस्थान रोयल्सबाट नितिश राना ४.२ करोडमा दिल्ली क्यापिटल्स गएका छन् ।
FACEBOOK COMMENTS