काठमाडौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले पुस १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा जर्मन होम्स प्रा।लि गठ्ठाघरमा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ओइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
FACEBOOK COMMENTS