काठमाडौं । शुभम् पावर कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित स्थानीयले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो । कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।
जसबाट ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS