काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले माघ २७ गते शुक्रबार आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटलका अनुसार शुक्रबार शेयर बाँडफाँड गर्ने निश्चित भएपनि समय भने तय हुन बाँकि रहेको छ ।
शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।
कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आइपीओ निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ५ वर्ष अगाडी नै आईपिओ निष्काशन गरिसकेको छ।
कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ ।
FACEBOOK COMMENTS