काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ६ लाख ९७ हजार २०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएकामा ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोष, १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आईपीओमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १२ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS