काठमाडौं । एसियन हाइड्रोपावरको साधारण सेयर आईपीओमा आवेदन दिने समय थपिएको छ ।
सरकारले सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले आवेदन दिने समय १ दिन थपेको हो । आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएकामा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट दिन सकिने छ ।
FACEBOOK COMMENTS