काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आवेदन दिन चाहनेले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ २२ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले ९ हजार ७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । आवेदनकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS