काठमाडौं । मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो ।
जसमा २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS