काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७६ करोड १० लाख मूल्य बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।
जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ७६ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।
मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२ दशमलव १४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।
FACEBOOK COMMENTS