काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गरेको छ ।
कम्पनीले ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको छ । जसमा आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता सेयर निष्कासन गरेको छ ।
यस्तै संखुवासभा जिल्लाका आयोजना प्रभावित क्षेत्र साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रमा निष्कासन गरेको सेयर माग अनुसार आवेदन नपरेको खण्डमा चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आयोजना प्रभावितले एनआइसी एशिया, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS