काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिका २ का स्थानीयले आईपीओमा आवेदन दिन पाउनेछन् ।
यस्तै १ लाख २० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । माग अनुसार आवेदन नपरेमा आयोजना प्रभावित स्थानीयले भने चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले नेपाल एसबिआई, सिद्धार्थ, लक्ष्मी, साविकको सिभिल , सप्तकोशी विकास बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS