काठमाडौं । सभापोखरी हाईड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ ।
कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो ।
बिक्री प्रबन्धक चयन सम्बन्धि सम्झौतामा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
सभापोखरी हाईड्रोपावरले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा ५ मेगा वाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजनाको निमार्ण गरिरगेको छ । कम्पनीका अनुसार आयोजनाको ८० प्रतिशत सम्पन्न भईसकेको छ ।
FACEBOOK COMMENTS