काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिने पाउनेछन् ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९७ लाख रुपैयाँको ९७ हजार कित्ता सेयर निष्कासन गरेको छ ।
जसमा ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेका छ । १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS