काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिइसक्नुपर्ने छ ।
हाइड्रोले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले ४९ लाख ९८ हजार ७५० कित्ता सेयर निष्कासन गरेकामा ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोष र ४२ लाख ४८ हजार ९३८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आवेदनकर्ताले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर आर्फत आवेदन दिन सकिने छ । यसको प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS