काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आयोजनाका आयोजना प्रभावित स्थानीयले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ ।
कम्पनीले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म आवेदन दिइसकेका छन् । स्थानीयका लागि भने आजसम्म आवेदन दिन सक्ने समय रहेको छ । आयोजनाले स्थानीयलाई ६ करोड रुपैयाँको ६ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
आयोजना अति प्रभावित ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर निष्कासन गरेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले १० देखि २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलका साथै नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS