काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । जसमा १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS