काठमाडौं । दोल्ती पावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको छ । जसमा ६८ हजार १७ कित्ता सामूहिक लगानी कोष, १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरेको छ भने
१२ लाख ७१ हजार ८६१ कित्ता निष्कासन गरेको छ ।
आईपीओमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओ १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS