काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहान ९ बजे बाँडफाँट हुँनेछ ।
आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा हुनेछ । आईपीओमा १२ लाख ५९ हजार ९०१ जनाले १ करोड ३७ लाख ८० हजार ८०० कित्तामा आवेदन दिएका छन् । १ लाख २६ हजार ८६३ जनाले सेयर पाउनेछन् ।
११ लाख ३३ हजार ३८ जनाको हात खाली हुनेछ । कम्पनीले वैशाख १३ देखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
FACEBOOK COMMENTS