काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदनकर्ताले जेठ १४ गतेसम्म आवेदन दिनसक्नेछन् ।
सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ जारी गर्ने जनाएको छ । कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS