काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
आईपीओमा आवदेखि सर्वसाधारणका आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड ४० लाख रुपैयाँको ८ लाख ४० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ८७ हजार ६७० कित्ता आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट गरेको छ ।
स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरेर ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषलाई ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS