काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
आवेदनकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । ८ करोड ४० लाख रुपैयाँको ८ लाख ४० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
\आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयरमा ८७ हजार ६७० कित्ताका लागि मात्रै आवेदन परेको थियो । स्थानीयले नकिनेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको छ ।
कम्पनीले आफ्ना कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषलाई ३७ हजार ६१६ कित्ता सेयर छुट्याएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS