काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ करोड ५० हजार रुपैयाँको ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको सेयरमा ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । सामूहिक लगानी कोषका लागि ३२ हजार ५ सय कित्ता, १३ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आईपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS