काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले असार २८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम भाउमा आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गर्ने भएको छ । प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गर्ने भएको छ ।
आईपीओमा आयोजना प्रभाविति ललितपुर जिल्ला बाग्मती गाउँपालिका १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिका वडा ५,६,७ र ८ तथा इन्द्र सरोपर गाउँपालीका ३ का स्थानीय बासिले आवेदन दिन सक्नेछन् । स्थानीयले प्रभु क्यापिटल, प्राइम कमर्सियल, कुमारी र प्रभु बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस्तै १ लाख ३६ हजार ३६४ कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन हुनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आयोजन प्रभावित स्थानीयले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । विदेशमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS