काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रू १०० अंकित मूल्यमा प्रिमियम वापत् रू १०६ थप गरी प्रतिकित्ता रू २०६ मा आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार को २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न लागिएको हो । स्थानीयका लागि विक्रीमा ल्याइने शेयरमा ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं। १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं। ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं। ३ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता शेयर विक्रीमा आउनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री अवधि छिटोमा साउन ११ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २६ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ ।
FACEBOOK COMMENTS