काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन हुने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । कम्पनीको आईपीओमा सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS