काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि जारी गरेको छ । सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले ललितपुरको बाग्मती गाउँपालिका- १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका-५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिका-३ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । स्थानीयले प्रभु क्यापिटलका साथै प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका स्थानीय शााबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ लाख ३६ हजार ३६४ कित्ता सेयर वैदेशिक रोजगारीका रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित स्थानीयले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS