काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको छ । जसमा १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष, २ हजार ४३७ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS