काठमाडाैं । घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ। आज दिउँसो ३:३० बजे नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड हुन लागेको हो।
कम्पनीको आईपिओमा परेको प्रारम्भिक विवरण हेर्दा आवेदन दिएका सबै आवेदकले शेयर पाउने भएका छन् । कम्पनीको आईपिओमा परेको अन्तिम आवेदन विश्लेषण गर्दा सबै आवेदकले न्युनतम १० कित्ता र केहि आवेदकले २० कित्तासम्म शेयर पाउने देखिएको हो।
कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकबाट २ करोड ५४ लाख २० हजार३ सय २० कित्ताको लागि आवेदन परेको थियो । १० कित्ताको दरले शेयर बाँडफाँड गर्दा कुल ६ लाख ९१ हजार १ सय ६७ जनाले कम्पनीको शेयर पाउने थिए । तर ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकले मात्र आवेदन दिएकोले सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाउने र केहि आवेदकले २० कित्ता शेयर पाउने देखिएको हो । यद्यपि यो संख्या केहि तलमाथि हुन सक्ने छ।
FACEBOOK COMMENTS