काठमाडौं । आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ ।
आईपीओ निष्काशन गर्नका लागि कम्पनी धितोपत्र बोर्डमा पुगेका छन् ।
कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको छ ।
आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्बसाधारणलाई सेयर जारी गर्न लागेको हो ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS