काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन २३ गतेदेखि प्रिमियम मूल्यमा साधारण सेयर र्आइपीओ निष्कसन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँको आईपीओ जारी गरेको हो । जसमा अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ भने ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ । आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० कित्ता अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS