काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
अंकित मूल्यमा प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम मूल्य थपेर २३९ रुपैयाँ दरका दरले ९६ करोड रुपैयाँको ९६ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले
९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने छ ।
४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ८० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ७६ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।
भदौ ३२ गतेदेखि निष्कासन हुने सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS