काठमाडौं । आयोजना प्रभावित स्थानीयले माण्डु हाइड्रोपावरको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले असार २८ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको छ । कम्पनीले २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको हो । सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ ।
आईपीओमो आयोजना प्रभावित ललितपुर जिल्लाको बाग्मती गाउँपालिका- १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् भने मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिका- ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिका-३ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले क्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्राइम कमर्सियल , कुमारी र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS