काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि निष्कासन गरेको हो । आईपीओमा आवेदनकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
जसमा विदेशमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर छुट्याएइको छ । यस्तै कम्पनीले ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । सेयरमा आवेदन मेरो सेयर र सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ ।
FACEBOOK COMMENTS