काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
२ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS