काठमाडौं । मीड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने अन्तिम दिन हो । आज कार्यालय समयमा मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले भदौ २९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । आईपीओमा अहिले नै माग भन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्कासन गरेको हो ।
७ लाख ४८ हजार ४०० कित्तामध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर छुट्याएको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS