काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ ।
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको जारी पूँजी ३,०७,५०,५०,०००र (अक्षरेपी तीन अर्ब सात करोड पचास लाख पचास हजार० मध्ये ३५५ अर्थात १,०७,६२,६७,५००र (अक्षरेपी एक अर्ब ७ करोड ६२ लाख सतसठ्ठी हजार५ सय) रकम बराबरको १,०७,६२,६७५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न छुट्टयाईएकोमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई छुट्याईएका सेयर बाँडफाँड पश्चात् बाँकी रहेको १४,०३,००५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिने १,०७,६२,६७५ सेयरमा समायोजन गरी कुल १,२१,६५,६८० कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिने छ ।
सो सर्वसाधारणलाई छुट्टयाईएको सेयर मध्ये, विवरणपत्रमा व्यवस्था भए बमोजिम १० प्रतिशतले हुन आउने १२,१६,५६८ कित्ता साधारण सेयर ९ प्रति सेयर १००र(अङ्कित दरमा प्रिमियम वापत १३७ दशमलव ५८र ( थप गरी जम्मा प्रति सेयर मूल्य २३७ दशमलव ५८र( को दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि श्रावण २९ गते देखि भाद्र ११ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सो निष्काशित सेयरहरुको असोज २ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ।
१६,९३,३५० कित्ता खरिदका लागि ३०,३६० जना आवेदकबाट आवेदन प्राप्त भएकोमा १२ जना आवेदकहरुबाट ४५० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३०,३४८ जना आवेदकहरुबाट १६,९२,९०० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएकोमा, धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिनुहुने न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने १०,५९१ जना आवेदकहरुलाई माग बमोेजिमका २,४६,०६० कित्ता तथा ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकहरुलाई ४० कित्ताका दरले ७,९०,२८० कित्ता गरी कुल १०,३६,३४० कित्ता बाँडफाँड गरेको क्यापिटलले जनायो ।
सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १,८०,२२८ कित्ताको हकमा ५० देखि ३,००० कित्ता सम्म माग गर्ने १९,७५७ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुनेभएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि ३,००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८,०२२ जना सफल आवेदक छनोट गरी १,८०,२२० कित्ता बाँडफाँड गरिएको छ ।
सो बाँडफाँड पश्चात् बाँकी रहन गएको ८ कित्ता शेयरको हकमा ६० देखि ३,००० कित्ता सम्म मागगर्ने ११,४१८ जना आवेदकहरु मध्ये १ जना आवेदकले ८ कित्ता पाउने गरी पुनः गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको छ ।
FACEBOOK COMMENTS