काठमाडौं । माथिल्लो मैलुङ खोलाले सर्वसाधारणका लागि असोज १८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता थप गरेर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणले १२ लाख ८४ हजार २ सय कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
आईपीओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक २ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS