काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग अनुसार आवेदन नपरेपपछि आवेदन दिने समय थपिएको छ ।
कम्पनीले १४ गतेदेखि आजसम्म आईपीओ निष्कासन गरेको थियो । अब भने असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । त्यस अगाडि नै माग अनुसार आवेदन परेको खण्डमा आवेदन दिने कार्य बन्द गरिने जनाएको छ ।
कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS